कोशी ब्यारेजका ढोका अझै बन्द, पुलमाथि नै पानी उक्लिदै

117

छिनछिन खबर
विराटनगर–एक र दुई नम्बर प्रदेश डुबानमा पर्दासमेत भारतले कोशी ब्यारेजका ढोका अझै खुला गरेको छैन । स्थानीयका अनुसार ब्यारेजका ६ ढोका बन्द गरिएका छन् ।

कोशीमा यतिबेला पानीको बहाव निकै उच्च रहेको छ । ४ लाख क्यूसेक पानी प्रतिसकेण्ड कोशी नदीमा बहाव भइरहेका बेला ६ वटा ढोका बन्द गरिएको स्थानीय प्रशासनले बताएको छ । कोशी ब्यारेजका ५६ ढोका छन् । ढोकाहरु बन्द हुँदा मधेश क्षेत्र जहिले पनि डुवानमा पर्ने गरेको छ ।

शनिबार विहान ५६ वटै ढोका खोलिएको थियो । तर भारतीय दवावपछि राति नै ६ ढोका बन्द गरिएको छ । १ नम्वरदेखि ६ नम्वरसम्मको ढोका बन्द गरिएको छ । नदीमा पानीको बहाव कम नभएपनि भारतीय दवावका कारण ढोकाहरु बन्द गरिएको स्थानीय प्रशासनले बताएको छ ।

ढोका बन्द भएपछि डुवानको त्रास कायमै छ । कोशी ब्यारेजका सवै ढोका खोलेपछि भारतको विहार पनि डुवानमा परेको छ । यतिबेला कोशी नदीमा ३ लाख ८९ हजार क्यूसेक पानीको बहाव मापन गरिएको छ ।

Womui
Womui