बाँकेका दर्जनौं गाउँ राप्ती बाढीको उच्च जोखिममा

74

नेपालगन्ज, असार २८-
राप्ती नदीमा पानीको सतह खतराको चिन्हभन्दा माथी पुगेपछि बाँकेका दर्जनौ गाउँ डुबानको उच्च जोखिममा रहेका छन् । नदीमा पानीको सतह बढ्दा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३, ४, ५, ६ र ७, नरैनापुर गाउँपालिकाको गंगापुर र मटेहिया, डुडुवा गाउँपालिकाको होलिया, बेतहनी लगायत दर्जनौं गाउँ डुबानमा पर्ने खतरा बढेको हो ।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्र । तस्बिर : लेखराज ओली

जिल्ला प्रशासन कार्यालयका अनुसार बाँकेको कुसुमस्थित बाढी मापन केन्द्रमा शनिबार दिउँसो ३ बजेतिर गरिएको मापन अनुसार पानीको सतह ५ मिटर ६० सेन्टिमिटर पुगेको थियो । पानीको सतह ५ मिटर पुगेपछि ‘खतरा’ मानिन्छ, भने ५ मिटर ४० सेन्टिमिटर पुगेपछि राप्तीको तल्लो तटिय क्षेत्रका अधिकांस गाउँ डुबाउने निश्चित हुन्छ ।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्र । तस्बिर : लेखराज ओली

कुसुममा मापन गरिएको बाढी आउनु अघि नै तल्लो तटिय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान अर्लट गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । उनले भने, ‘कुसुमको बाढी मापन केन्द्रमा पानीको सतह खतराको चिन्हभन्दा माथी पुगेपछि हामीले एफ.एम रेडियो र स्थानीय प्रहरीमार्फत सतर्क रहन आग्रह गरेका थियौं, अहिले सबै सुरक्षित स्थानतर्फ गईसक्नु भएको छ ।’

बाँकेको कुसुममा शनिबार दिउँसो आएको राप्तीको बाढी । तस्बिर : लेखराज ओली

गाउँमा बाढी पस्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई उद्धार सामाग्री सहित प्रशासनले तयारी अवस्थामा राखेको छ । बाँकेका प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले बाढी प्रभावित क्षेत्रमा पुग्न नेपाल प्रहरीलाई ठाउँ ठाउँमा अर्लट अवस्थामा राखिएको बताए । ‘बाढीको अवस्थालाई हेरेर तत्काल उद्धार गर्नका निम्ति प्रहरी एकदमै अर्लट अवस्थामा बसेको छ,’ उनले भने ।

बाँकेको कम्दी स्थित राप्ती पुल ।
Womui
Womui