नेपालद्वारा मलेसिया ७ विकेटले पराजित, कप्तान पारस खड्काको उत्कृष्ठ प्रदर्शन

67

छिनछिन खबर
काठमाडौं– टि–२० क्रिकेटमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । मलेसियामो भएको खेलमा नेपाल विजयी भएको हो । मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले ९ बल बाँकी छँदा ३ विकेट गुमाएर पूरा ग¥यो ।

कप्तान पारस खड्काले उत्कृष्ठ खेल गर्दै अविजित ८६ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । उसका भिरनदिप सिंहले ५७ रन बनाए भने अहमेद फैजले ४५ रन जोडे ।

दुबैले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । मलेसियालाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ र समेपाल कामीले १ विकेट आफ्नो नाममा लेखाए ।

Womui
Womui