बाढी र पहिरोबाट मर्नेको संख्या ३२ पुग्यो, राहत तीन÷तीन लाख

52

छिनछिन खबर
काठमाडौं– बाढी र पहिरोबाट देशभर मर्नेको संख्या ३२ पुगेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर मृत्यु हुनेको संख्या ३२ पुगेको हो ।

मृत्यु हुनेमा सबभन्दा बढी ललितपुरका छन् । प्रहरीका अनुसार ललितपुरमा ५, काठमाडौं, खोटाङ, भोजपुर, काभ्रे र मकवानपुरमा ३÷३ जना, सिन्धुली र धादिङमा २÷२ जना तथा इलाम, झापा, ओखलढुंगा, सुनसरी, बारा, पर्सा, रामेछाप र चितवनका १÷१ जना छन् । प्रहरीले, बाढी पहिरोबाट फसेका तथा घाइते भएका ८३१ जनाको उद्दार गरिएको  जनाएको छ ।

 

अविरल वर्षा तथा बाढी तथा पहिरोबाट प्रभावित उद्दारका लागि २७ हजार ८ सय ३० प्रहरी, १६ हजार सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । यसैबीच बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारकालाई २ नम्बर प्रदेश सरकारले तीन÷तीन लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

Womui
Womui