बाढीपहिरोमा २१ को मृत्यु, रौतहट सदरमुकाममा १५ फिटसम्म पानी जम्यो

104

छिनछिन खबर
काठमाडौं– वर्षाका कारण राजधानी काठमाडौं लगायत देशका विभिन्न भागमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । वर्षाले उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन् ।

रौतहटको सदरमुकाम गौरमा १५ फिटसम्म पानी जमेपछि स्थानीयलाई उद्धारमा कठिनाइ भएको छ । गृह मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेमा काठमाडौंमा तीन, खोटाङमा तीन, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा दुईदुई, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा एक÷एक जना छन् ।

त्यस्तै रौतहटमा दुई, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा एकएकजना गरी आठजना बेपत्ता भएका छन् । विभिन्न जिल्लामा गरी ६ हजार भन्दा बढी विस्थापित भएका छन् । खासगरी प्रदेश १, २ र ३ मा मानवीय र भौतिक क्षति बढी भएको छ । कतिपय ठाउँमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ ।

Womui
Womui