जनस्वास्थ्य पछाडीको बस्तीलाई डुवान मुक्त गर्ने उपमहानगरपालिकाको प्रतिवद्धता

381

नेपालगन्ज, असार २७-
नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर १० स्थित जनस्वास्थ्य कार्यालय पछाडीको बस्तीलाई डुबान मुक्त गराउने भएको छ । उपमहानगरपालिकाको आयोजना र बागेश्वरी असल शासन क्वब (बास) को सहजीकरणमा शुक्रबार भएको सार्बजनिक सुनुवाईमा उपमहानगरपालिकाले यस्तो प्रतिवद्धता जनाएको हो ।

सार्बजनिक सुनुवाईमा उपस्थित नगरबासीले डुबान समस्यालाई जोडदार रुपमा उठाएका थिए । केहीदिन अघि भएको वर्षाको पानी ढल तथा नालामा बग्न नपाएर नेपालगन्जका विभिन्न बस्ती डुबानमा परेका थिए । नेपालगन्जको मुख्य ढलको निकास थुनिएपछि जनस्वास्थ्य कार्यालय पछाडीको बस्ती सबैभन्दा बढी डुबानमा परेको थियो । सार्वजनिक सुनुवाईमा ६ बुदें सार्वजनिक प्रतिवद्धता गरिएको बासका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।

यस्तै जनस्वास्थ्य पछाडीको बस्तीमा चोरी नियन्त्रणका लागि आवश्यक पहल गर्ने पनि प्रतिवद्धता जनाएको छ । यस्तै नेपालगन्ज–९ को धुरपटुवा तालको बाटो निर्माण कार्य आगामी आर्थिक बर्षमा गर्ने, पाशाङलामु मार्गको सडक निर्माण कार्य पूरा गर्न जिम्मेवारी प्राप्त ठेकेदारलाई निर्देशन दिने, नेपालगन्ज–९ नम्बर वडा कार्यालयको वडा भेला स्थानीयबासीको जानकारी बिना गरिएको भन्ने गुनासो आएकाले सो बारे वास्तविकता बुझी कमी, कमजोरी भएको भए समस्या समाधानका लागि वडा कार्यालयलाई निर्देशन दिने, सडकमा प्रर्दुषण फैलाउने गरि सञ्चालित सेकुवा पसल बन्द गरि ब्यवस्थित पसल सञ्चालन गर्न सम्वद्धलाई आग्रह गर्ने र फुटपात नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको छ ।


यसैगरी नेपालगन्ज वडा नम्बर १८ र २० को सिमानामा रहेको शान्तिनगरको ढल निकास गर्ने र अति आवश्यक ठाँउमा ग्राभेल उपलब्ध गराउने र नेपालगन्जको सेतुबिक चौक आसपासमा अनैतिक क्रियाकलाप भईरहेको भन्ने गुनासो आएकाले सो कार्य नियन्त्रणका लागि पहल गर्ने प्रतिवद्धता जनाइएको छ । सार्बजनिक सुनुवाईमा उपस्थित भएका नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडाध्यक्ष तथा नगर कार्यपालिका सदस्यले प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । सो क्रममा बासका उपनिर्देशक हेमराज भट्टले सहजिकरण गरेका थिए, भने निर्देशक नमस्कार शाहले स्वागत तथा उद्धेश्यमाथि प्रकाश पारे ।

Womui
Womui