बाढीपहिरो पीडितको उद्धारमा खटिए सुरक्षाकर्मी

141

छिनछिन खबर
काठमाडौं– लगातारको वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन अस्तव्यस्त भएपछि उद्धार र सहयोगका लागि सुरक्षाकर्मी खटाइएका छन् । वर्षासँगै आएको बाढी र पहिरोले मुलुकभर १६ जनाको मृत्यु भएलगत्तै उद्धार र सहयोगका लागि सरकारले सुरक्षाकर्मी खटाइसकेको जनाएको छ ।

बाढी पहिरोमा परेकाको उद्धारका लागि सशस्त्र प्रहरी बलले देशभर दुई हजार भन्दा बढी तालिमप्राप्त जनशक्ति तैनाथ गरेको छ । ‘दुई हजार जनशक्ति तालिम प्राप्त र उनीहरुको सहयोगको लागि अन्य जनशक्ति पनि उद्धारका लागि तैनाथ गरेको छौं,’ सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरज श्रेष्ठले भने ।
यस्तै नेपाल प्रहरीलेसमेत देशभरका प्रहरीलाई उद्धारको लागि अलर्टमा रहन निर्देशन दिएको छ ।

नेपली सेनाले पनि विपद व्यवस्थापन र उद्धारमा खटिन विभिन्न बाहीनी र गणहरुलाई निर्देशन भएको सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए ।

Womui
Womui