रोकिएन पानी पर्ने क्रम, बाढीको बितण्डा (फोटो फिचर)

439

छिनछिन खबर
काठमाडौं–लगातार करिब २४ घण्टा वर्षात् हुँदा पनि पानी पर्ने क्रम नरोएिकपछि सर्वसाधारण त्रसित भएका छन् । वर्षाले मुलुकको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोका कारण जनजीवन प्रभावित बनेको हो ।

मुलुकका विभिन्न स्थानमा पहिरो जाँदा सडक सेवा अवरुद्ध बनेका छन् भने नदी तथा खोलाहरुमा पानीको प्रवाह खतराको सूचीभन्दा माथि पुगेको छ । राजधानी काठमाडौं पनि बाढीका कारण नराम्ररी प्रभावित बनेको छ ।

बाग्मती, विष्णुमति, टुकुचा, धोबीखोला, भत्तपुरको हनुमन्ते खोला, मनहोरा, ललितपुरको कर्मनासा लगायतका खोलामा पानीको बहाब उच्च बनेको छ ।

बल्लुखोलामा बगेर आएको सिलिण्डर लिँन जाँदा बल्खु खोलामा एक जना बेपत्ता भएका छन् । लगातारको वर्षाले सिंहदरबारको पूर्वी गेट तर्फको पर्खाल समेत भत्किएको छ । राजधानीको बल्लु खोलामा आएको बाढीले त्यस क्षेत्रको जनजीवन नराम्ररी प्रभावित पारेको छ ।

यसैगरी कलंकी क्षेत्र पनि डुबानमा परेको छ । कंलकीको खसी बजार, मालपोत कार्यालय, ट्राफिक कार्यालय, प्रहरी कार्यालय तथा आसपासका घरहरुमा बाढीले क्षति पुगेको छ ।

सो क्षेत्र डुबान परेसँगै त्यहाँको जनजीवन कष्टकर बनेको छ। मुलपानीमा पर्खाल भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार हालसम्म मुलुकभर बाढी र पहिरोमा परी १७ जनाको मृत्यु भएको छ ।

Womui
Womui