देशभर बाढीपहिरोको वितण्डा, १० जनाले ज्यान गुमाए

100

छिनछिन खबर
काठमाडौं–निरन्तरको वर्षाले देशभर वितण्डा मच्चाएको छ । अविरल वर्षाले देशका कैयन स्थानमा बाढीपहिरो गएको छ । काठमाडौको मुलपानीमा अविरल बर्षापछि आएको पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको छ ।

पहिरोबाट घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिन्धु, शर्मिला र कुन्दन यादव रहेका छन् । त्यसैगरी बल्खुको खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । अविरल बर्षापछि देशभर ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

काभ्रे, काठमाडौं, ललितपुर सिन्धुली, रामेछापमा बाढी पहिरोमा परी मानवीय क्षति भएको छ । काठमाडौंको ढुंगेअड्ठामा अविरल बर्षापछि तीन जना डुवानमा फसेका छन् । उनीहरुको उद्धार कार्य प्रहरीले शुरु गरेको छ ।

Womui
Womui