भोजपुरमा विप्लव माओवादी र प्रहरीबीच गोली हानाहान, दुईको मृत्यु

113

छिनछिन खबर
काठमाडौं–भोजपुरमा प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताबीच गोली हानाहान भएको छ । विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर एक जना प्रहरी जवानको मृत्यु भएको छ ।

त्यस्तै जवाफी कारबाहीमा विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि विप्लवका कार्यकर्ताले चलाएको गोली लागेर प्रहरी जवान सन्जिव राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही घटनाम प्रहरीको जवाफी कारबाहीमा विप्लव माओवादीका निर कुमार राइको पनि मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui