‘हरित खजुरा’ बनाउन सम्झौता गरियो

150

नेपालगन्ज, असार २४-
‘हरित खजुरा’ बनाउन चाइना इन्स्टिच्यूट फर साउथ को–अपरेशन इन एग्रिकल्चरसँग सम्झौता भएको छ । खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति र उक्त कम्पनीका पदाधिकारीबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भयो । उज्वेकस्तान भ्रमणमा रहेका गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले ग्रीन खजुरा पाइलट प्रोजेक्टका लागि सम्झौता गरेको गाउँपालिकाले जनाएको छ ।

 

खजुरामा पाईलट प्रोजेक्टका रुपमा उक्त कार्यक्रम सुरु भएपछि हरित कृषि र हरित शहर निर्माणका लागि सन् २०२० देखि प्रोजेक्ट अगाडि
बढ्ने कक्षपतिले बताए । प्रोजेक्टको लागत यसको मोडालिटी लगायतका विषयमा पनि छलफल गरेर टुंगो लगाइने उनको भनाई छ । हरित खजुरा बनाउने अभियानका लागि ठूलो सफलता हात लागेको बताए । यसलाई अब अगाडी बढाइने अध्यक्ष कक्षपतिले जानकामरी दिए । गतवर्ष दुबईमा आयोजित एक कार्यक्रममा सहभागी भएका खजुरा अध्यक्ष कक्षपतिले खजुरा गाउँपालिकालाई ग्रीन सिटीको रुपमा विकास गर्न गरेको प्रस्तुतीकरणपछि यो कार्यक्रम अगाडि बढेको थियो ।

Womui
Womui