मात्रिका यादव भन्छन्– तीन सचिवले डुबाए

111

छिनछिन खबर
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले विषादी परीक्षणमा तीन सचिवले सरकारलाई विवादमा पारेको आरोप लगाएका छन् ।

अबदेखि यस्तो काम नगर्न उनले सचिवहरुलाई सचेत समेत गराएका छन् । फलफूल तथा तरकारीमा विषादी प्रयोगको परीक्षण नगर्ने निर्णय लिनुमा तीन सचिवहरु जिम्मेवार रहेको उनको जिकिर छ ।

पत्रकार सम्मेलन गरी मन्त्री यादवले भने, ‘म उहाँहरुकै भर परें, परिणमस्वरुप सरकारले यो निर्णयबाट पछि हट्नुपर्यो ।’ प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका तीन जना सचिवहरुले दिएको सुझावका आधारमा आफूले त्यस्तो निर्णय गरेको उनको भनाइ छ ।

पत्रकार सम्मेलनमा सहभागी उद्योग सचिव यामकुमारी खतिवडाले भने अन्य दुई सचिव दोषी रहेको देखाइन् । ‘कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिवका कारण त्यस्तो निर्णय गर्ने सुझाव आयो,’ उनले भनिन् ।

Womui
Womui