एसिसी यु–१९ को फाइलनमा पुग्यो नेपाल

28

छिनछिन खबर
काठमाडौं– मलेसियामा जारी एसिसी यु –१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुगेको छ । घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको नपाललाई घरेलु टोली मलेसियाले ८८ रनको झिनो लक्ष्य दिएको थियो । जसलाई नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा कप्तान रोहित कुमार पौडेलले २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे । त्यस्तै भीम सार्कीले ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे ।

नेपालले चौथो ओभरको पाँचौ बलमा ओपनर पवन सरार्फलाई १८ रनमा गुमाएको थियो । मोहम्मद खैरले विजय उन्नीबाट क्याच आउट गराउनु अघि १६ बलमा १ चौका र २ छक्का प्रहार गरे । रित गौतम ३ रनमै क्याच आउट भए । सिंगापुरविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका खडक बहादुर बोहरालाई मोहम्मद आमिरले शुन्यमा बोल्ड आउट गरे । पाधिको लागि अब नेपालले सिंगापुर र हङकङबीचको बिजेतासँग खेल्नेछ

Womui
Womui