विप्लव समूहका कार्यकर्ताले वडा कार्यालयमा आगजनी

63

छिनछिन खबर
बर्दिया, असार २४ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बर्दियाको गेरुवा गाउँपालिका–६ को वडा कार्यालयमा आगो लगाएको छ । आगलागीबाट वडा कार्यालय पूर्ण रूपमा नष्ट भएको छ । लेखा फाँटमा रहेका काजगात पनि जलेपछि वडाका विवरणहरू नष्ट भएको प्रहरीले बताएको छ । वडा कार्यालयमा लागेको आगो निभाउन पुगेका इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक खेमबहादुर मल्ल घाइते भएको प्रहरी कर्यालयले जनाएको छ ।

आगो निभाउने क्रममा छानो खसेर घाइते भएका मल्लको नेपालगञ्जमा उपचार भइरहेको एक प्रहरीले जानकारी दिए । घटनामा संलग्नको खोजी भइराखेको उनले बताए । गुलरिया नगरपालिका वडा नम्बर ७ र १२ मा पनि विप्लव समूहले ताला लगाएको उनले जानकारी दिए । विप्लव समूहले पछिल्लो समय सूदुरपश्चिम र तत्कालीन भेरी कर्णालीका जिल्लाहरूका स्थानीय सरकारमा भ्रष्टाचार बढेको भन्दै तालाबन्दी र आगजनी गरिरहेको छ ।

Womui
Womui