दैलेखको पेट्रोलियम अन्वेषणमा चिनियाँ टोली

97

छिनछिन खबर
काठमाडौं– दैलेख पेट्रोलियम पदार्थ भए÷नभएबारे चिनियाँसहितको टोली अध्ययन गर्दैछ । अध्ययनका लागि डेढ दर्जन चिनियाँ विज्ञ र प्राविधिक नेपाल आएका छन् ।


खानी तथा भूगर्भ विभागका प्राविधिकसहित चाइना जियोलोजिकल सर्भेको टोलीले शुक्रबारदेखि दैलेखमा पेट्रोलियम अन्वेषण सुरु गर्न लागेको हो । तीनवटा फरक(फरक टोली बनाएर विभिन्न स्थानमा अन्वेषणको काम थालिने खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले जानकारी दिए । ‘नेपाल–चाइना पेट्रोलियम ग्यास तथा तेल स्रोत सर्भे’का लागि गत फेबवरी २८ मा भूगर्भ विभाग र चाइना जियोलोजिकल सर्भेबीच सम्झौता भएको थियो । सम्झौता अवधि तीन वर्षको छ ।

चीनको बिज्ञ टोलीले पहिलो चरण (१० महिना) मा दैलेखको साथै तानसेन क्षेत्रमा पनि अध्ययन गर्नेछ । दोश्रो चरण (११ देखि २८ महिना) मा दैलेख क्षेत्रमा ड्रिलिङ कार्य सम्पन्न गरिनेछ । तेश्रो चरणमा (२९ देखि ३६ महिना) मा नेपालमा समग्र पेट्रोलियम भौगर्भिक अवस्थावारे अध्ययन भई सर्भे प्रतिवेदन प्राप्त हुने विभागमा महानिर्देशक सापकोटाले जानकारी दिए ।

‘यो तीन वर्षमा हामी तोकिएको क्षेत्रमा पेट्रोलियम खानीको अन्वेषण गरेर व्यवसायिक उत्पादनको सम्भाव्यता छ वा छैन भन्ने टुंगो लगाउँछौं,’ उनले भने, ‘तीन वर्षमा पूरा हुने अपेक्षा गरिएको अन्वेषणमा लाग्ने सबै खर्च चिनियाँ पक्षले नै व्यहोर्ने छ । खर्च कति लाग्छ भन्ने अहिल्यै आकलन गर्न नसकिने सापकोटाले बताए ।  विभागले चार दशकअघि नै पेट्रोलियम खानीको प्ररम्भिक अन्वेषण थाले पनि विज्ञता, प्राविधिक र दक्ष जनशक्ति अभावले विस्तृत अनुसन्धान हुन सकेको छैन ।

Womui
Womui