सेयर किन्ने आधा रकम ब्रोकरबाट कर्जा पाइने

125

छिनछिन खबर
काठमाडौं–सेयर लगानीकर्ताले ब्रोकर कार्यालयबाट कर्जा लिन पाउने भएका छन् । नेपाल स्टक एक्स्चेन्जले आठ ब्रोकर कम्पनीलाई मार्जिन कारोबारको स्वीकृति दिएको छ ।


यससँगै लगानीकर्ताले सेयर किन्ने अपुग रकम ती ब्रोकरबाट कर्जाको रुपमा पाउने भएका हुन् । नेप्सेले क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज, भिजन सेक्युरिटिज, नेपाल स्टक हाउस, सेक्युर्ड सेक्युरिटिज, श्री कृष्ण सेक्युरिटिज, प्राइमो सेक्युरिटिज, कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनीलाई मार्जिन ट्रेडिङको अनिमतिपत्र प्रदान गरेको जनाएको छ । यसअघि यी ब्रोकर कम्पनीलाई नेपाल राष्ट्र बैंकबाट मार्जिन कारोबार गर्ने स्वीकृति दिएको थियो ।

यी ८ सहित अन्य ३ ब्रोकर कम्पनीले राष्ट्र बैंकबाट मार्जिन कारोबारको स्विकृति पाइसकेका छन् । कर्जा दिलाएवापत सेयर ब्रोकरहरुले सेवा शूल्क भने लिन सक्नेछन् । यो व्यवस्थाले नेपाली धितोपत्र बजारमा थप पुँजी उपलब्ध हुने अपेक्षा गरिएको छ ।

Womui
Womui