कोरियन भाषाको नतिजा प्रकाशित, १२ हजार उत्तीर्ण

112

छिनछिन खबर
काठमाडौं–रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जानका लागि जेठ महिनामा लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ ।


सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार १५ परीक्षार्थी उत्तीर्ण भएका छन् । कोरियाले कोटा भने १० हजार पाँच सय तोकेको छ । भाषा परीक्षा उत्तीर्ण गरेकामध्ये कोही स्वास्थ्य तथा कोही अन्य कानुनी समस्याले अयोग्य हुने भएकाले कोटाभन्दा बढी उत्तीर्ण गराइएको अनुमान गरिएको छ ।

कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका ९२ हजार ३ सय ५६ परीक्षार्थीमध्ये ८४ हजार २ सय १५ भाषा परीक्षामा सहभागी भएका थिए । उत्पादनमूलक क्षेत्रमा ७ हजार पाँच सय र कृषि क्षेत्रमा ३ हजार कामादर लैजाने कार्यक्रम छ ।

Womui
Womui