कथित ‘सिरिन्ज’ आक्रमण प्रकरण स् १०० जनाभन्दा बढी व्यक्तिसँग सोधपुछ, हुलिया पहिचान

60

छिनछिन खबर
काठमाडौं,असार १२ ।केही महिनायता सामाजिक सञ्जालमा एउटा सामाग्री भाइरल भएको छ – ‘उपत्यकामा राती–राती युवतीहरुलाई सिरिन्ज हानिएको छ । सिरिन्ज हानेर मान्छेहरु भागेका छन् सावधानी अपनाउनुहोला ।’

सिरिन्ज आक्रमणबारे सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्ष्टाग्रामलगायतमा छ्यापछ्यापती विभिन्न समाचारहरु प्रकाशित भइरहेका छन् । प्रहरीका अनुसार ठमेलको ग्वार्को र स्वयम्भु क्षेत्रमा महिला लक्षित आक्रमणमा धारिलो र तिखो वस्तु प्रयोग भएको पाइएको छ ।वैशाख १५ गते पहिलोपटक एक युवतीमाथि सिरिन्ज आक्रमण भएको प्रहरीले जनाएको छ । सिरिन्ज आक्रमणको घटना भनिएपनि हालसम्म ९ वटा घटना भएको र छ वटा उजुरी परेको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले बताए ।

‘आक्रमणमा सिरिन्ज नभई धारिलो र तिखो वस्तुले आक्रमण भएको छ,’ पोखरेलले भने, ‘सीसीटीभी फुटेजका आधारमा शंकास्पद व्यक्तिको हुलिया पत्ता लागाइसकेका छौं । जसमा १०० जनाभन्दा बढी व्यक्तिलाई सोधपुछ गरिसकेका छौं ।’सो घटनामा एउटै व्यक्तिको संलग्नता रहेको प्रवक्ता पोखरेल दावी गर्छन् । उनले भने, ‘यस्ता घटनामा मानसिक रोगी कसैको संलग्नता हुनसक्छ । रमाइलोका लागि यस्तो घटना गरेको पनि हुनसक्छ ।’‘घटना हेर्दा सिरिन्ज नै हानेको पुष्टि हुँदैन । घाउ हेर्दा धारिलो हतियारले हानेको जस्तो देखिन्छ । हामी अनुसन्धानको निष्कर्ष नजिक पुगेका छौं । संलग्नको पहिचान भइसकेको छ, छिट्टै पक्राउ गर्छौं,’ पोखरेलले दावी गरे ।

पहिलो घटना वैशाख १५ गते भएपनि प्रहरीमा १ महिनापछि मात्रै उजुरी परेको कारण अनुसन्धान गर्न कठिनाई भएको उनको भनाई छ । घटना भएलगत्तै पीडितले घटना घटाएको मान्छेको पिच्छा गर्ने वा मोटरसाइकल नम्बर समेत पहिचान गर्नुपर्ने पोखरेल बताउँछन् ।बुधबार मात्रै काभ्रेको बनेपामा एक युवतीले अर्की युवतीलाई तिसो वस्तुले आक्रमण गरेको प्रहरीले बताएको छ । काभ्रे घटनापछि आक्रमण घटना देशभर हुनसक्ने भन्दै प्रहरीले सुरक्षा बढाएको छ ।

Womui
Womui