डुडुवाको ३८ करोड ४० लाख बजेटमाथी छलफल सुरु

101

(बाँके) डुडुवा, असार १०-
डुडुवा गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको अध्यक्षतामा मंगलबार आयोजित पाँचौं गाउँसभामा आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । गाउँपालिका अध्यक्ष चौधरीले संघ, प्रदेश र गाउँपालिकाको आन्तरिक सोत गरि कुल रु. ३८ करोड ४० लाख २२ हजारको बजेट प्रस्तुत गरे । प्रस्तुत नीति तथा कार्यक्रमलाई सर्बसम्मत रुपमा पास गर्दै बजेटमाथि छलफल सुरु भएको छ ।

गाउँपालिकाले बालिका तथा किशोरीलाई उच्च शिक्षा अध्ययन गर्न र शिक्षा आर्जनका लागि सहयोग पुर्याउने उद्देश्यले जन्मिने वित्तिकै शिशु बालिकाको कन्या मुद्दती शिक्षा योजना ल्याएको छ । उक्त योजनामा गाउँपालिकाले रु. ५ हजार र अभिभावकको रु ५ हजार गरि रु १० हजारमा २० वर्षको मुद्दती खाता खोलिनेछ । यसैगरी एसइई पास भएका किशोरीलाई विशेष प्रोत्साहन प्रदान गरिनेछ । गाउँपालिका अन्र्तगत रहेका सामुदायिक विद्यालयहरुमा कक्षा १, २ र ३ मा अंग्रेजी माध्यममा अध्यायपन गराइने, अपागंता भएकाहरु ग र घ श्रेणीलाई गाउँपालिकाले सेवा सुविधा उपलब्ध गराउनेछ, गाउँपालिकाले यस अघि सञ्चालन गर्दै आएको घर घरमा पशु र स्वास्थ्य सेवा अभियानलाई थप प्रभावकारी बनाउने अध्यक्ष चौधरीले निति तथा कार्यक्रम उल्लेख गरेका छन् ।

यसैगरि गाउँपालिकामा रहेका सरकारी तथा ऐलानी, प्रति तथा सार्वजनिक जग्गा अतिक्रमण रोक्ने, अतिक्रमित जग्गालाई नियन्त्रणमा लिने, सरकारी ऐलानी जग्गाको लगत संकलन गरि व्यवस्थापन गरिने, सबै वडाहरुमा इन्टरनेट सेवा विस्तार गरि घरदैलो अभियानमार्फत पञ्जीकरण सेवा संचालन गरिने, पारदर्शिता र सुशासनका लागि खुल्ला सरकार नागरिक साझेदारीको अवधारणालाई कार्यन्वयन गरिने, सूचना सञ्चार प्रविधीको विकास गरि अनलाईन प्रणालीमार्फत सेवा प्रवाह गरि प्रभावकारी बनाइने, कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, विपत प्रकोपको व्यवस्थापन तथा जोखिम न्युनीकरण, वन बाताबारणको विकास, महिला, बालबालिका, जेष्ठ नागरिकको उत्थान, लगायत विकास निमार्णका योजनालाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद धितालले बताए ।
सभामा दुई वटा विधियेक समेत पास गरिएको छ । विधेयक समितिका संयोजक लिलावती यादवले प्रस्तुत गर्नुभएको गाउँपालिकाको विनियोजन ऐन २०७६ र आर्थिक विधेयक २०७६ सर्वसम्मत रुपमा पास भएको छ । मंगलबारबाट सुरु भएको बैठकमा अब बजेटमाथीको छलफल पछि बस्ने बैठकले पास गर्ने प्रमुख प्रशासकिय अधिकृत धितालले बताए ।

Womui
Womui