नरैनापुरले ल्यायो ४३ करोड बढी बजेट

116

(बाँके) नरैनापुर, असार १०-
नरैनापुर गाउँपालिकाले ४३ करोडको बजेट ल्याएको छ । गाउँपालिकाको तेस्रो गाउँसभामा आज (मंगलबार) गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक बर्ष २०७६÷७७ का लागि ४३ करोड ३४ लाख १ हजारको बजेट प्रस्तुत गरेका हुन् । पूर्वाधार विकासमा १३ करोड ६५ लाख ५० हजार, शिक्षामा ३ करोड २५ लाख ९० हजार, स्वास्थ्यमा १ करोड ३२ लाख ४० हजार र कृषिमा ९४ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

संघीय सरकारबाट प्राप्त ३७ करोड ५८ लाख, प्रदेश ५ सरकारबाट ३ करोड ९२ लाख ४७ हजार र आन्तरिक तर्फ अनुमानित ५४ लाख १० हजारमा आधारित रही आर्थिक बर्ष २०७६/७७ को बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, गरिबी न्यूनीकरण, कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको बस्नेतले बताए ।

Womui
Womui