जानकीको बजेट ५१ करोड ५१ लाख ५१ हजार

109

(बाँके) जानकी, असार १०-
बाँकेको जानकी गाउँपालिकाको पाँचौ गाउँसभामा मंगलबार आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले ५१ करोड ५१ लाख ५१ हजारको बजेट पेश गरेकी हुन् । जसमध्ये चालु खर्चतर्फ ८ करोड ५ लाख ५० हजार, पूँजीगत तर्फ ४३ करोड ५० लाख १ हजार विनियोजन गरिएको छ । यो वजेट गत वर्षभन्दा ११ करोड ६१ लाख १४ हजार ७ सय ५६ ले बढी छ । यसअघि आर्थिक वर्ष २०७५/०७६ मा चालुतर्फ ५ करोड ६२ लाख ५० हजार र पूँजिगततर्फ ३४ करोड २७ लाख ८६ हजार २ सय ४४ गरी ३९ करोड ९० लाख ३६ हजार २ सय ४४ रुपैयाँ रहेको बजेट प्रस्तुत भएको थियो ।

आर्थिक वर्ष २०७६÷०७७ को लागि प्रस्तुत अनुमानित बजेटको श्रोतहरुमा नेपाल सरकारको संघीय समानीकरण रु. १२ करोड ८ लाख सशर्त अनुदान तर्फ रु.१० करोड ७० लाख, प्रदेश सरकारको सम्मानीकरण तर्फ रु.४५ लाख ६८ हजार, प्रदेश सरकारको सशर्त अनुदान तर्फ ९० लाख, प्रदेश सरकारको विशेष अनुदान तर्फ ५२ लाख, समपुरक तर्फ १ करोड ५० लाख र राजश्व बाँडफाँड तर्फ संघीय सरकारको ७८ लाख, प्रदेश सरकारको ६० लाख प्राप्त हुनेछ । यसैगरी आन्तरिक आयतर्फ १५ प्रतिशत सम्म करको दर वृद्धि गरी थप करको दायरा बढाई ३ करोड ४७ लाख ६६ हजार पुर्याउने अनुमान गरिएको छ ।

सामाजिक सुरक्षा रकम १० करोड ५० लाख आवश्यक हुनेछ र बैंक मौज्दात २ करोड गरी कूल वार्षिक बजेट ५१ करोड ५१ लाख ५१ हजार पु¥याईने बजेटमा उल्लेख गरिएको छ । आइतबारबाट सुरु भएको पाँचौ गाउँसभाले नीति तथा कार्यक्रम दफावार छलफलपछि सोमवार पारित गरेको छ, भने बजेटमा छलफलको लागि शुक्रबार पुनः गाउँसभा सञ्चालन हुने अध्यक्ष रामनिवास यादवले जानकारी दिए ।

Womui
Womui