कोहलपुर नगरपालिकाको साढें ८० करोड बजेट

118

कोहलपुर, असार १०-
कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि ८० करोड, ६१ लाख, १७ हजार, ४ सय बराबारको अनुमानित बजेट पेश गरेको छ । नगरपालिकाको मंगलबार आयोजित पाँचौे नगरसभामा नगर उपप्रमुख सञ्जुकुमारी चौधरीले बजेट प्रस्तुत गरेकी हुन् ।

बजेट वक्तब्यमा प्रशासनिक तथा चालु खर्च तर्फ १३ करोड ५० लाख र पूँजीगत खर्चतर्फको आर्थिक विकास तर्फ रु. ४ करोड ५१ लाख ४५ हजार, सामाजिक विकास तर्फ २८ करोड ५८ लाख २ हजार, पूर्वाधार विकासमा रु. ३० करोड ९६ लाख ७० हजार, वातावरण तथा विपत्त ब्यवस्थापनमा रु. १ करोड, २५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा १ करोड ८० लाख र प्रशासनिक खर्चतर्फ रु. १३ करोड ५० लाख रकम बिनियोजन गरिएको छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक राजश्व तर्र्फ रु. ५ करोड ६० हजार आय अनुमान गरिएकोमा हालसम्म रु. ४ करोड ९० लाख हजार राजस्व असुल भईसकेको बजेट वक्तव्यमा उल्लेख छ । साथै स्थानीय पूर्वाधारहरुको विकास र विस्तार गर्ने, रोजगारी सृजना गर्ने, उत्पादनन उत्पादकत्व बृद्वि गर्ने, कृषिको आधुनिकरण र व्यावसायिककरण र यान्त्रिकीकरण गर्ने, पर्यटन पूर्वाधारको विकास र प्रवद्वन गर्ने, नगरपालिकाका सबै वडाहरुमा स्तरीय सडकमार्ग विस्तार गर्ने, शिक्षा, स्वास्थय, खानेपानी तथा सरसफाई सेवाको अभिवृद्वि गर्ने र आधुनिक र व्यवस्थित शहरीकरण गर्ने लगायत बजेटका प्रमुख उद्देश्य रहेका छन् ।

Womui
Womui