राप्तीसोनारी गाउँपालिकाको ७२ करोडभन्दा बढी बजेट प्रस्तुत

83

( बाँके ) राप्तीसोनारी, असार १०-
राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम मंगलबार प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष एवम् सभाध्यक्ष लाहुराम थारुको अध्यक्षतामा मंगलबार बसेको पाँचौ गाउँसभामा उपाध्यक्ष धनीकुमारी खत्रीले आगामी वर्षका लागि कुल ७२ करोड ६ लाख ३२ हजार प्रस्तावित बजेट पेश गरेकी हुन् । यसअघि सोमबार बसेको गाउँसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि तेस्रो गाउँसभामा कुल ६९ करोड ५२ लाख ४५ हजार बजेट प्रस्तुत गरेको थियो । चौथो गाउ सभाबाट थप बजेट तथा कार्यक्रम सहित कुल बजेट ७७ करोड १३ लाख ६९ हजार बजेट प्रस्तुत गरेकोमा सबै योजना तथा कार्यक्रम कार्यान्वयन भएर पनि सम्पन्न गर्ने अवस्थामा पुगेका छन् । बजेटले यसवर्ष आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई जोड दिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास कार्यक्रमा २ करोड ८० लाख ७५ हजार विनियोजन गरेको छ । सामाजिक विकास कार्यक्रमका लागि ५ करोड ६६ लाख, पुर्वाधार विकास कार्यक्रमका लागि २१ करोड १५ लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ७५ लाख र सुशासन तथा संस्थागत विकास कार्यक्रममा १ करोड ७ लाख रुपैया विनियोजन गरेको जनाएको छ ।

यस्तै चालु खर्च तर्फ कार्यालय सञ्चालन तथा उपभोग खर्चका लागि १२ करोड ८२ लाख ५७ हजार रुपैयाँ विनियोजन गरेको छ । कार्यक्रम सञ्चालन गर्न संघिय सरकारबाट प्राप्त हुने बित्तिय समानिकरणबाट १६ करोड २४ लाख, सशर्त अनुदानबाट २१ करोड राजश्व वाँडफाबाट १७ करोड २५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । त्यसैगरि प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानिकरणबाट ४८ लाख ९८ हजार, सशर्त अनुदानबाट ८० लाख र राजश्व वाँडफाडबाट २ करोड १ लाख ६ हजार मात्र प्राप्त हुने गाउँपालिकाको अनुमान छ । गाउँपालिकाको आन्तरिक श्रोत मध्ये आन्तरिक कर दस्तुर शुल्कबाट १ करोड २७ लाख २८ हजार, नदी जन्य पदार्थको बिक्री ढुंगा गिट्टी बालुवाबाट ८ करोड चालु आर्थिक वर्षको बचत रकम ५ करोड हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले आन्तरिक स्रोत परिचालनतर्फ एकदमै न्युन राजस्व संकलन हुने गरेको तथ्यलाई बोध गर्दै राजश्वका दररेट र दायराका सन्दर्भमा व्यापक छलफल तथा अध्ययन अनुसन्धान गरी निर्णय लिने सोच लिएको बजेट बक्तव्यमा उल्लेख छ ।

संकलन हुन सक्ने अन्य सम्भावित आन्तरिक स्रोत, संघिय सरकार, प्रदेश सरकार तथा दाताबाट प्राप्त हुन सक्ने अन्य अनुदान रकम, संघिय तथा प्रदेश सरकार वाट प्राप्त हुने विशेष अनुदान रकम आदि स्रोतका सन्दर्भमा तोकिए बमोजिमका विशेष कार्यक्रमहरु स्वीकृत गरि खर्च गरिने जनाइएको छ । गाउँसभामा प्रस्तुत गरिएको बजेटमाथी यही असार १८ गते पुनः बस्ने सभामा ब्यापक छलफल पश्चात पारित गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रबहादुर माझीले जानकारी दिए ।

Womui
Womui