३६ अर्ब ४१ करोडको वजेट ल्यायो प्रदेश ५ को सरकारले

25

छिनछिन खबर
१ असार, बुटवल । प्रदेश ५ सरकारल कृषि, पर्यटन र पुर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदैे आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ ।

आर्थिक तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा वैठकमा ३६ अर्ब ४४ बजेट ६८ लाख रुपैयांको वजेट प्रस्तुत गरेका हुन् । गत वर्ष २८ अर्ब ९ करोड रुपैयाँको वजेट थियो । बजेटमा अघिल्लो वर्ष शुरु गरेर पूरा हुन नसकेका योजनाहरुलाई रकम विनियोजन भएको छ ।

प्रदेश सरकारले करिब साढे ३ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ । यस्तै वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ५४ करोड एक लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ९१ करोड २३ लाख र सशर्त अनुदानमा ७ अर्ब ७७ करोड चार लाख रुपैयाँ आउनेछ ।

बजेटमा संसद विकास कोष समावेश गरिएको छैन तर सांसदहरुसँग माग गरेका शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका ६ वटा योजनालाई समावेश गरेर हरेक सांसदले ६० लाख बराबरका योजना पाउने गरी बजेट बनाइएको छ ।

Womui
Womui