संस्कृतिविद् सत्यमोहन जोशीको नाममा सिक्का निकालिने

212

छिनछिन खबर
काठमाडौं–सरकारले संस्कृतिविद् सत्यमोहन जोशीका नाममा स्मारिका सिक्का निकाल्ने भएको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त जानकारी दिए ।


केही समयअघि मात्रै शतवार्षिकी मनाएका वाङ्मय शताब्दी पुरुष जोशीको सम्मानमा सरकारले सिक्का टक्मरी गरी चलन चल्तीमा ल्याउनका लागि नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइसकेको छ । त्यस्तै, सरकारले धितोपत्र बोर्डको रजत जयन्ती र शिख धर्मका संस्थापक गुरु नानकको जन्म जयन्तीको नाममा समेत सिक्का प्रकाशित गर्नेए भएको हो । सरकारले यसअघि गणतन्त्र दिवषको अवसरमा सिक्का निकालेको थियो ।

Womui
Womui