जेसीबीले अटोरिक्सालाई ठक्कर, तीनको मृत्यु

39

छिनछिन खबर
महेन्द्रनगर–कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अटोरिक्सामा सवार तीन जनाको मृत्यु भएको डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।


भीमदत्त नगरपालिकाको महेन्द्रनगर–गड्डाचौकी सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । महेन्द्रनगरबाट गड्डाचौकी जाँदै गरेको से १ क ७३३ नम्बरको स्काभेटरले बिपरित दिशाबाट आउदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सालाइ ठक्कर दिएको दिँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा दुईजना पुरुष र एकजना महिला रहेका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

Womui
Womui