ग्यास सिलिन्डर पड्किंदा बारामा ७ जना घाइते

33

छिनछिन खबर
सिमरा, जेठ २४ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१४ स्याउली बजारमा सिलिन्डर पड्किंदा एकै परिवारका चार र अन्य तीन गरी जममा सात जना घाइते भएका छन् । स्थानीय सुकुमाया ब्लोनको घरमा सिलिण्डर ग्यास लिक भएर आगो लागेको हो ।घाइतेमध्ये १ को अस्था गम्भीर छ । उनीहरु सबैको सिमरास्थित अल्पाई अस्पतालमा उपचार भइरहेको छ । आागलागीमा परी ६७ वर्षीय नजरमान थिङ, ज्ञानीमाया भनिने २८ वर्षीया सुकुमाया ब्लोन, ३१ वर्षीय बौद्धमान थिङ र ३२ वर्षीया अनीता थिङ गरी एकै परिवारका चारजना घाइते भएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

 

त्यसैगरी, स्थानीय ५२ वर्षीया दीलमाया वाईबा, २८ वर्षीया सुनमाया ब्लोन र २६ वर्षीया कमलीमाया पनि घाइते भएका छन् । घाइतेमध्ये स्थानीय दीलमायाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।शुक्रबार बिहान ग्यास लिक भएर आगो फैलिएको नजरमानका छोरा सिल बहादुर थिङले जानकारी दिए । उद्धारका लागि पुगेका पनि घाइते भएका छन् ।

Womui
Womui