बजेटसँगै बढ्यो बजार भाउ, दालमा प्रतिकेजीमै २५ देखि ४० रुपियाँ वृद्धि

44

छिनछिन खबर
काठमाडौं– सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट विनियोजन गरेर कर्मचारीको तलब वृद्धि गरेसँगै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको छ । व्यवसायीले संस्थागत यातायातको ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै केही सामानको मूल्यमा वृद्धि गरेका छन् ।


बजेटपछि विशेष गरी दाल, चामल, चिनी, तेललगायतका वस्तुमा उत्तार चढाव देखिएको छ । दालमा प्रतिकेजीमै २५ देखि ४० रुपियाँ बढेको पाइएको छ ।

Womui
Womui