सहकारी रकम हिनामिनाका मुख्य आरोपी पाठक आफै सार्वजनिक !

177

नेपालगन्ज, जेठ २१-
सहकारी वित्तीय संस्था लिमिटेडको रकम हिनामिना गर्ने मुख्य आरोपी अरुणकुमार पाठक सार्वजनिक भएका छन् । नेपालगन्ज परस्पुर घर भएका उनले उक्त सहकारीको २१ करोड ९४ लाख ३६ हजार १ सय २४ रुपैयाँ हिनामिना गरेको आरोप छ । केहीदिन देखी फरार रहेका पाठक मंगलबार जिल्ला प्रशासन कार्यालय परिसरमा सार्वजनिक भएका हुन् । उक्त सहकारीको कुल ५२ करोड पुँजी मध्ये कर्मचारीले २६ करोड हिनामिना भएको छ । सञ्चालक समितिले पाठकलाई रकम जम्मा गर्न ताकेता गर्दा उनी केहीदिन अघि फरार भएका थिए । भारतमा लुकेर बस्दै आएका पाठक आफै नेपालगन्ज आएर जिल्ला प्रशासन कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक भएका हुन् । पत्रकार सम्मेलनमा पाठकले आफुले त्यति ठुलो रकम अनियमितता नगरेको जिकिर गरे । पत्रकार सम्मेलन पश्चात उनलाई सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक(डिएसपी) प्रकाश सापकोटाले पाठकलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको बताए । यसअघि फरार रहेका पाठकलाई प्रहरीले खोजी गर्दै आएको थियो । सहकारी संस्थाले आन्तरिक रुपमा छानविन गर्न गठन गरेको समितिले पाठकले २१ करोड ९४ लाख ३६ हजार १ सय २४ रुपैयाँ हिनामिना गरेको पुष्टी गरेको थियो । उक्त रकम आफ्नो दायित्वभित्र पर्ने भन्दै एकवर्ष भित्रमा सबै रकम तिर्ने हस्ताक्षर समेत गरेको सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले । फरार रहेका पाठकका परिवारले अहिलेसम्म २० लाख रुपैयाँ मात्र जम्मा गरिदिएको डिएसपी सापकोटाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा अभियुक्त पाठकले आफुले दवावमा परेर हस्ताक्षर गरेको र सन्ध्याकालिन काउण्टर सञ्चालन हुँदा सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीलाई पनि आफुले मासिक रुपमा रकम बुझाएको जिकिर गरे । रकम हिनामिनामा आफुमात्र संलग्न नभएर अध्यक्ष चौधरी, गंगाधर सुवेदी र गोपाल भण्डारीको पनि संलग्नता रहेको बताए । आफुले संस्थाको १ करोड २५ लाख रुपैयाँ भने चलाएको स्वीकार गरे ।
छानविन समितिका अनुसार सहकारीको खजुरा शाखाका प्रबन्धक सुर्यबहादुर बिकले ६२ लाख ८७ हजार ५३ रुपैयाँ हिनामिना गरेका छन् । उनले अहिलेसम्म आधा रकम फिर्ता गरेको प्रहरीले जनाएको छ । यस्तै नेपालगन्ज शाखाका सहायक प्रबन्धक गंगाधर गंगाधर सुवेदीले २ करोड ८९ लाख ४७ हजार ९ सय १५ रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । सुवेदीले अहिलेसम्म २५ लाख जम्मा गरेका छन् । यस्तै बैजापुर शाखाका प्रबन्धक लिलाधर ओलीले ३८ लाख ७७ हजार ७ सय ७८ रुपैयाँ हिनामिना गरेको छानविन समितिले जनाएको छ । आरोपी ओलीले आफ्नो दायित्वमा पर्ने रकम मध्ये ११ लाख फिर्ता गरिसकेको डिएसपी सापकोटाले बताए ।

Womui
Womui