पाकिस्तानद्वारा इंग्ल्याण्ड पराजित, पाकिस्तानी प्रधानमन्त्रीले गरे ट्वीट

52

एजेन्सी
काठमाडौं– विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा पाकिस्तानले आयोजक इंग्ल्यान्डमाथि १४ रनको जित हासिल गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रनको बिशाल योगफल तयार पारेको थियो ।

जवाफमा ३४९ रनको लक्ष्य लिएर मैदान उत्रिएको इंग्ल्यान्डले निर्धा्रित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ३४ रन मात्रै बनाउन सक्यो । इंग्ल्यान्डका लागि जोए रुट र जोस बटलरले शतक प्रहार गरे । रुटले १०४ बलमा १० चौका र १ छक्कासहित १०७ रन बनाए भने बटलरले ७६ बलमा ९ चौका र दुई छक्कासहित १०३ रन बनाए । तर रुट र बटलर आउट भएपछि इंग्ल्यान्डले राम्रो प्रदर्शन गर्न सकेन । पाकिस्तानका लागि वाहब रियाजले तीन तथा मोहम्मद अमिर र शादब खानले समान २–२ विकेट लिए ।

ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गर्दै निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर ३४८ रन बनाएको थियो । पाकिस्तानका सबै ब्याट्सम्यानले राम्रो खेले । मोहम्मद हाफिजले ८४ रन बनाए भने बाबर अजामले ६३, कप्तान सर्फराज अहमदले ५५, इमाम उल हकले ४४ र फखर जमानले ३६ रन बनाए । इंग्ल्यान्डका मोइन अली र क्रिस वोकसले समान ३–३ विकेट लिए । पाकिस्तानले जारी विश्वकप क्रिकेटमा पहिलो जित हासिल गरेपछि प्रधानमन्त्री इमरान खानले पाकिस्तानी टोलीलाई बधाई दिएका छन् । वार्मअप र विश्वकपको पहिलो खेलमा खराब प्रदर्शनका बाबजुद उत्कृष्ट पुनरागमन गरेको भन्दै बधाई दिएका छन् ।  प्रधानमन्त्री इमरान खान पाकिस्तानले विश्वकप जित्दाका कप्तान हुन् ।

Womui
Womui