प्रहरी चौकीमा आक्रमण गरेका छैनौंः विप्लव

112

छिनछिन खबर
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ को नेपाल कम्युनिस्ट पार्टीले सोलुखुम्बुको छेस्का प्रहरी चौकीमा आक्रमण गर्ने प्रयास नगरेको जनाएको छ । विप्लव कार्यकर्ताले छापामार शैलीमा प्रहरी चौकी आक्रमण प्रयास गरेपछि सोलुखुम्बुको एउटा प्रहरी चौकी खाली गराइएको भन्ने सरकारी समाचारमा सत्यता नभएको उक्त पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेका छन् ।

महाकुलुङ गाउँपालिका–३ छेस्कामा प्रहरी चौकीमा आक्रमण प्रयास भएपछि प्रहरीलाई सुरक्षित स्थान सारिएको प्रहरीले बताएको थियो ।
‘सोलुखुम्बुमा हाम्रो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । सुरक्षा निकायप्रति आक्रमण गर्ने पार्टीको कुनै नीति नभएको र त्यसप्रकारको कुनै घटना नभएको स्पष्ट पार्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्र अनुरूप त्यसप्रकारको त्यो समाचार (फेक न्युज) ल्याइएको स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

विप्लव कार्यकर्ताको ठूलो समूह मध्यराति प्रहरी चौकीमा आक्रमण गर्न पुगेको प्रहरीले बताएको थियो । त्यसबेलासम्ममा त्यहाँका प्रहरीलाई सुरक्षित स्थान सारिसकिएको जनाइएको थियो हातहतियार तथा प्रहरी नभएको चौकीमा पुगेर विप्लव कार्यकर्ता फर्केको प्रहरीको दाबी छ ।

Womui
Womui