विप्लवले चौकी आक्रमण प्रयास गरेपछि सोलुखुम्बुमा हवाई गस्ती

225

छिनछिन खबर
काठमाडौं– सोलुखुम्बुको महाकुलुङ गाउँपालिका – ३ छेस्काममा नेत्रविक्रम चन्द (विप्लव) समूहले चौकी आक्रमणको प्रयास गरेपछि सुरक्षाकर्मी खटाइएको छ । सुरक्षाकर्मीको टोलीले हवाई गस्ती गरिरहको छ ।


विप्लव समूहका कार्यकर्ताको उपस्थित बाक्लो भएपछि बढेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत तैथान गरिएको छ । प्रहरीले नेपाली सेनाको हेलिकोप्टरबाट गस्ती गरिरहेको छ । सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले प्रहरीले हेलिकोप्टर माग गरेपछि सेनाले हेलिकोप्टर उपलब्ध गराएको बताए ।

उनले भने, ‘प्रहरीले मागपछि हेलिकोप्टर उपलब्ध गराएका हौँ, सेना परिचालन भएको छैन ।’ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी शालिकराम शर्मा पौडेलले सुरक्षाकर्मीको उपस्थिति बढाइएको बताए ।

Womui
Womui