सचिव बन्न अधिकृत भएको २५ वर्ष हुनुपर्ने व्यवस्था गर्न सांसदहरूको जोड

87

छिनछिन खबर
काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले मन्त्रालयका सचिवहरुको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् । सचिवहरूको कुशल कार्यक्षमता नहुँदा समस्या परिरहेको सांसदहरूको भनाइ छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी झाँक्रीले मन्त्रालयका सचिवहरुको कार्यक्षमता राम्रो नभएको बताइन् । संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बोल्दै उनले सचिवहरुको कार्य क्षमता, कुशलता, समन्वयमा अभाव देखिएको दावी गरिन् ।

सांसद झाँक्रीले सचिवमा बढुवा हुन कम्तिमा पनि अधिकृत भएको २५ वर्ष पुग्नै पर्ने कानुनी व्यवस्था गर्न माग गरिन् । भारतमा अधिकृत भएको ३३ वर्ष पछि मात्रै सचिव हुने प्रावधान राखिएको उल्लेख गर्दै उनले नेपालमा पनि सचिव हुन अधिकृत भएको कम्तिमा २५ वर्ष हुनैपर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । सांसद झाँक्रीले अधिकृत भएको केही वर्षमै सचिव हुने भएका कारण पनि सचिवहरुमा कार्य कुशलताको अभाव देखिएको बताइन् ।

सांसद विमला विश्वकर्माले बन्द÷हडतालमा उत्र्ने कर्मचारीलाई पदबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारिन् । समितिका अर्का सदस्य एवम् पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले चिकित्सकहरुलाई जथाभावी सरुवा नगर्न सचेत गराइन् ।

Womui
Womui