नेपाल र भारतीय टोली बाँकेको बाढी प्रभावित क्षेत्रमा

180

नेपालगन्ज, जेठ १६-
नेपाल र भारतको संयुक्त टोलीले बाँकेको बाढी तथा डुवानबाट बर्षेनी प्रभावित हुने क्षेत्रको स्थलगत निरिक्षण तथा अनुगमन गरेको छ । नेपालको तर्फबाट सिंचाई विभागका महानिर्देशक सरिता दवाडी र भारतको तर्फबाट सिँचाइ विज्ञ के. एल. दास नेतृत्वको टोलीले राप्ती नदीको सिधनियाँ घाटदेखि सीमावर्ती सुईया बघौडासम्मको क्षेत्रको स्थलगत निरिक्षण तथा अनुगमन गरेको हो ।

लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध र बाँध जस्तो सडकका कारण बाँकेका स्थानीयबासीले बर्षौंदेखि झेल्दै आएको बाढी र डुवान समस्या समाधानका लागि भारतीय पक्षले पहल थाल्ने आश्वासन दिएको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए । अध्यक्ष शाहले नरैनापुरले बाढी, डुबान र कटानको समस्या झेल्दै आएको जानकारी गराउँदै दिर्घकालीन समाधानका लागि टोलीलाई आग्रह गरे ।

टोलीमा सहभागी प्रदेश ५ का प्रदेशसभा सदस्य एवम् सोही क्षेत्रबाट निर्वाचित सांसद् कृष्णा केसी नमुनाले भारतीय बाँधका कारण त्यस क्षेत्रका स्थानीयले भोग्दै आएको समस्याका बारेमा भारतीय टोलीलाई जानकारी गराउँदै समस्या समाधानका लागि पहल थाल्न आग्रह गरेको बताए । लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण बाँकेको नरैनापुर गाउँपालिकाका राप्ती नदी तटीय क्षेत्रका गंगापुर र मटेहिया तथा डुडुवाको बेतहनी र होलिया डुबानमा पर्दै आएका छन् । पछिल्लो समय भारतले सीमामा बनाएको बाँध जस्तो सडकका कारण भारतीय सीमावर्ती नेपाली बस्ती डुबानको उच्च जोखिममा परेका छन् ।

Womui
Womui