मोदीले लिए दोस्रो कार्यकालका लागि सपथ

63

छिनछिन खबर
काठमाडौं– नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित समारोहमा मोदीले भारतको १५ औँ प्रधानमन्त्रीको रुपमा सपथ लिएका हुन् ।


भारतका राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई सपथ खुवाएका हुन् । यसअघि सन् २०१४ मा पहिलो पटक भारतको प्रधानमन्त्री भएका मोदीले यसपटक पनि राष्ट्रपति भवनको प्रांगणमा नै शपथ लिएका छन् । मोदीका साथै केन्द्र सरकारमा सामेल क्याबिनेट मन्त्रीहरुले पनि सपथ लिएका छन् । यस पटक मोदी सरकारको मन्त्रिमण्डलमा नयाँ अनुहारले पनि स्थान पाएका छन् ।

रामनाथ सिंह, अमित शाह, नितिन गड्करी, सदानन्द गौंडा, निर्मला सीतारमणले मन्त्रीको सपथ लिएका छन् । यस्तै, रामविलास पासवान, नरेन्द्रसिंह तोमर र रविशंकर प्रसादले पनि मन्त्रीको सपथ लिए । यसैगरी थावरचन्द गहलोत, हरसिमरत कौर बादल, एस जयशंकर, मुख्तर अब्बास नाक्भी, रमेश पोखरियाल निशंक, अर्जुन मुण्डा, स्मृति इरानी, डा. हर्षबद्र्धन, प्रकाश जावडेकर, पियुष गोयल, धमेन्द्र प्रधान, महेन्द्रनाथ पाण्डेलगायतका मन्त्रीले सपथ लिएका छन् । । उक्त सपथग्रहण समारोहमा विमेस्टक मुलुकबाट सरकार प्रमुख सहभागी भएका छन् । नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए ।

Womui
Womui