भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पनि

153

छिनछिन खबर
काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएको छन् । सपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री ओली नयाँ दिल्ली गएका छन् ।

मोदीले यसपटकको सपथ ग्रहण समारोहमा बिमस्टेक सदस्य राष्ट्रहरूलाई बोलाएकासँगै प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । मोदीले सार्क सदस्यलाई भने बोलाएका छैनन् । बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य छन् । मोदीले बिहिबार आफ्नो दोस्रो कार्यकालको सपथ लिने कार्यक्रम छ ।

Womui
Womui