यी हुन् बम विस्फोटमा ज्यान गुमाउने

52

छिनछिन खबर
काठमाडौं– राजधानीका विभिन्न स्थानमा भएका छुट्टा–छुट्टै बम विस्फोटनका घटनामा ज्यान गुमाउने ४ जनाको पहिचान खुलेको छ । घट्टेकुलोमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको यसअघि नै पहिचान खुलेको थियो । प्रहरीका अनुसार घट्टेकुलोमा भएको बम विस्फोटमा परी बझाङ घर भएका प्रज्वल शाहीको निधन भएको हो ।


यस्तै सुकेधारामा भएको बम विस्फोटमा परी ज्यान गुमाउने ३ जनाको पनि पहिचान खुलेको छ ।प्रहरीका अनुसार सुकेधारमा भएको विस्फोटमा ज्यान गुमाउनेमा कालिकोट घर भएका ४५ वर्षीय निरन्तर मल्ल तथा ४० वर्षीय विभुराम भिनने दिपेन विक र दाङ घर भएका गोकुल रानामगर छन् । महोत्तरीको रामनगर–३ घर भएका जीव कुमार ठाकुरले सञ्चालन गरेको सैलुन पसलमा भएको विस्फोटमा उक्त पसलमा काम गर्ने छोटु ठाकुरको अहिले उपचार भइरहेको छ । सुकेधारमा भएको विस्फोटमा ७ जना घाइते भएका थिए । जसमध्ये १ जनाको घटनास्थलमै र अन्य २ जनाको चावहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उक्त विस्फोटमा घाइते भएकामध्ये अहिले ३ जनाको ओम अस्पताल र १ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका रुकुम सानोभेरी गाउँपालिकाका रवीन केसीको पनि वीर अस्पतालमा उपचार भइरहेको छ । यस्तै आइतबार साँझै काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ स्थित आदित्य इटा–भट्टानजिक भएको विस्फोटमा २ जना भाइते भएका थिए । उक्त विस्फोटमा घाइते भएकामध्ये ललितपुर घर भएका ३० वर्षीय बुद्ध लामाको वीर अस्पताल र काठमाडौंको चन्द्रागिरी–३ घर भएका २९ वर्षीय विक्रम लामाको शहीद मेमोरिय अस्पताल कलंकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Womui
Womui