यो वर्ष ६ सयले चढे सगरमाथा

72

छिनछिन खबर
काठमाडौं– यो वर्ष सगरमाथाको चुचुरोमा स्वदेशी र विदेशी गरी ६ सय पुगे । सोमबार आरोहणको अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको छ ।

गएको वैशाख ३१ गते बाटो बनाउने आठ जना शेर्पाहरु शिखरमा पुगेसँगै आरोहण सुरु भएको थियो । यस वर्ष सगरमाथा आरोहणका लागि ४४ वटा समूहका ३ सय ८१ जनाले अनुमति पाएका थिए । आरोहीका लागि सहयोग गर्नेहरु समेत शिखरमा पुग्ने भएकोले आरोहीको संख्या दोब्बरभन्दा बढी भएको हो ।

यस वर्ष सगरमाथा आरोहणका क्रममा १० जनाले ज्यान गुमाएका छन् ।

Womui
Womui