करिष्मा मानन्धरद्वारा राजनीतिबाट राजीनामा

25

छिनछिन खबर
काठमाडौं–अभिनेत्री तथा तत्कालीन नयाँ शक्ति नेपालका नेतृ करिष्मा मानन्धरले राजनीतिमा नरहने घोषणा गरेकी छन् । चैत २३ गते तत्कालीन नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएर समाजवादी पार्टी नेपाल गठन भएसँगै एकाएक राजनीतिबाट अलग हुने घोषणा गरेकी हुन् ।

नेत्री मानन्धरले मौखिक रुपमा पार्टीबाट राजीनामा दिइसकेकी बताएकी छिन् । व्यक्तिगत केही महत्वपूर्ण काम गर्नु पर्ने भएकोले राजनीतिबाट अलग हुनुपरेको उनको भनाइ छ । करिष्मा झण्डै ४ वर्ष अघि २०७२ मा बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपाल पार्टीबाट राजनीतिमा होमिएकी थिइन् ।

Womui
Womui