भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा राजीनामा

114

एजेन्सी
नयाँ दिल्ली– भारतीय लोकसभा निर्वाचनको मतगणना सकिएलगत्तै प्रधानमन्त्री नरेन्द्र मोदीले राजीनामा दिएका छन् । उनले नयाँ सरकार गठनका लागि राजीनामा गरेका हुन् । कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ । यो नतिजासँगै मोदी पुनः पाँच वर्षका लागि प्रधानमन्त्री बन्नेछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता उनको शपथ ग्रहण कार्यक्रम छ । पुनः प्रधानमन्त्री बन्न उनले पदबाट राजीनामा दिएका हुन्। । प्रधानमन्त्री मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाए । राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ । केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ । नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ’कामचलाउ सरकार’का रुपमा काम गर्नेछ । पाँच वर्षअघि भाजपाले २ सय ८२ सिट जितेको थियो ।

यसपालि भाजपाको मत बढेसँगै उसको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनको सिट पनि पहिलाभन्दा बढेको छ । पाँच वर्षअघि एनडिएले ३ सय ३६ सिट पाएको थियो । यसपालि३ सय ५० पु‍¥याएको छ । प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसले पनि पहिलाभन्दा केही सिट बढाएको छ । पाँच वर्षअघि ४४ सिटमा खुम्चिएको कंग्रेसले यसपालि छ सिट बढाएर ५२ पु‍¥यााएको छ भने उसको गठबन्धन युपिएले ८५ सिट जितेको छ । सन् २०१४ मा युपिए गठबन्धनको ६० सिटमात्र थियो । लोकसभामा अरू क्षेत्रीय दल र साना पार्टीले १०७ सिटमा जित हात पारेका छन् । कम्युनिष्ट पार्टी नराम्रोसँग पराजित भएको छ ।

Womui
Womui