‘सरकारका कमी कमजोरीलाई सुधार्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

36

नेपालगन्ज, जेठ ११-
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारका कमी, कमजोरीलाई सच्याएर अगाडी बढ्नुपर्ने बताएका छन् । नेपालगन्जमा शनिबार बिहान प्रेस संगठन नेपाल बाँकेले गरेको पत्रकार भेटघाटमा बोल्दै पुर्वप्रधानमन्त्री नेपालले यस्तो बताएका हुन् । ‘कमी कमजोरीको पहिचान गर्ने अनि सुधार्ने तरिका अवलम्वन गर्ने र सुधारेर परिणाममुखी ढंगले अघि बढ्ने काम गर्नुपर्छ ।’ छिमेकी देश भारतमा भाजपाले जनताको मन जितेर त्यत्रो सिट जितेको पुनःस्मरण गराउँदै नेपालले भने, ‘हामीले पनि कसैका कुरा सिक्नुप¥यो, नराम्रा कुराबाट जोगिनुप¥यो, सरकारले काम गर्न खोजेको छ, केही कामहरु भएका पनि छन्, त्रुटी पनि भएका छन् ।’
सरकारले काम गर्दा सोचेर मात्र गर्नुपर्ने उनको सुझाव छ ।

सोचेर काम नगरेका कारण निर्णयहरु विवादित बन्न पुगेको उनको ठम्याई छ । ‘अहिले पत्रकारसँग जोडिएको प्रेस विधेयक आउँदाखेरी धेरै विवादास्पद बन्न पुग्यो, यस्तो विवादास्पद ढंगबाट विधेयक ल्याउने कुराहरु नहोस्, धेरैको राय, सुझाव लिएर मात्रै यसलाई अगाडी बढाईयोस् भन्ने कुरामा ध्यान पु¥याउनुपर्छ ।’ कम्युनिष्ट पार्टी सरकारमा आएपछि र शक्तिशाली भएपछि कतिपय दलहरुले बिरोधका कुरा मात्रै अगाडी सारेको भन्दै बिरोधका निम्ति मात्र बिरोध गर्ने काम गर्न नहुने नेपालले बताए । नेपालले पार्टीभित्र विधि र पद्धतिलाई बसाल्न आफुले खबरदारी गरिरहेको बताए ।

पार्टीको एकिकरणको प्रक्रिया माथीबाट क्रमश तलतिर क्रमिक रुपले गईरहेको दाबी गर्दै नेपालले एकिकरणको काम केन्द्रिय तहमा पनि केही गर्न बाँकी रहेको सुनाए । नेकपाले जिल्ला–जिल्लामा राजनीतिक गतिविधीलाई गति दिएर राजनीतिक माहोल सिर्जना गरेको जिकिर गरे । वरिष्ठ नेता नेपालले विप्लव समुहलाई राजनीतिक प्रतिस्पर्धामा आउन चुनौती पनि दिए ।

Womui
Womui