चुनाव जितेपछि मोदीले लेखे– नेपाल भारत सम्बन्ध नयाँ उचाइमा

91

छिनछिन खबर
काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा सफलता प्राप्त गरेपछि नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको बधाइमा कृतज्ञता जनाउदै मोदीले त्यस्तो लेखेका हुन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई लोकसभा निर्वाचनमा हासिल गरेको एतिहासिक जितमा बधाइ दिएका थिए । ओलीको ट्वीटमा जवाफ फर्काउदै मोदीले नेपाल भारत नजिकको साथी भएको भन्दै जनताबीचको सम्बन्ध अझ अगाडि पुग्ने उल्लेख गरेका छन् ।

Womui
Womui