राष्ट्र बैंकद्वारा कल निक्षेपमा सिलिङ

37

छिनछिन खबर
काठमाडौं– केन्द्रीय बैंकले सबै वित्तीय संस्थाले लिने कल निक्षेपमा सिलिङ लगाएको छ । राष्ट्र बैंकले जारी गरेको ििनर्देशनमा वाणिज्य बैंकहरुलाई कल निक्षेपको अंश कूल निक्षेप दायित्वको १० प्रतिशत र विकास बैंक र फाइनान्स कम्पनीलाई १५ प्रतिशतको सीमा तोकिएको छ ।

निर्देशनमा हाल कूल निक्षेपको दश प्रतिशत भन्दा बढी कल निक्षेप रहेको बैंकहरुको हकमा १४ महिना अर्थात २०७७ असार मसान्तभित्र सो सीमाभित्र दश प्रतिशतको सीमा ल्याइसक्नुपर्ने उल्लेख छ । यसले हाल बढी निक्षेप भएका बैंकहरुलाई तत्काल घटाउनुपर्ने वाध्यता रहँदैन । तर, हाल रहेको कल डिपोजिटको अंशभन्दा बढाउन पाउने छुट पनि हुँदैन । अहिले समग्र बैंक तथा वित्तीय संस्थाको कूल निक्षेपमा करिब ११ प्रतिशत कल डिपोजिट रहेको छ ।

नयाँ कल निक्षेप लिने बैंक वित्तीय संस्थालाई हाल सो बैंक तथा वित्तीय संस्थाहरुमा जुन अनुपातमा कल डिपोजिट रहेको छ सोको सीमा नाघ्न नहुने उल्लेख छ । बैंकर्स संघले बढी चलायमान हुने खालको कल निक्षेपलाइ १० प्रतिशत भित्र राख्ने तर, स्थिर प्रकृतिको कल निक्षेपलाई त्यो सीमामा राख्न नपर्ने व्यवस्था गरीदिन केन्द्रिय बैंकलाइ अनुरोध गरेको थियो । तर बैंकर्स संघको अनुरोधलाइ वेवास्था गर्दैै निर्देशन जारी भएको हो । कर्जायोग्य लगानी अभाव भएपछि कल डिपोजिटको ब्याजदर बढाएर बैंक वित्तीय संस्थाहरुबीच नै निक्षेप खोसाखोसको अवस्थाले ब्याजदर अस्थिर बन्न थालेपछि त्यसलाइ नियन्त्रण गर्न केन्द्रीय बैंकले कल निक्षेपको सीमा तोकेको हो ।

Womui
Womui