भारतीय आम निर्वाचनः १६ राज्यमा कंग्रेस शून्य

186

एजेन्सी
काठमाडौं–भारतको आम निर्वाचनमा कंग्रेसले १६ राज्यमा एक सिट पनि विजयी हुन सकेन । कुल ३० मध्ये १६ राज्यमा कंग्रेस शून्य भएको हो ।

दिल्ली, हरियाणा, गुजरात, आन्ध्र प्रदेश, राजस्थान, हिमाञ्चल, उत्तराखण्ड, अरुणाञ्चल, उडिसा, त्रिपुरा, मणिपुर, मिजोरम, सिक्किम, चण्डिगढ, लक्ष्यदीप र अन्डेमाननिकोबरबाट कंग्रेसका कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् । १३५ वर्ष पुरानो कंग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पारिवारिक गढ मानिएको अमेठीबाट समेत हारेका छन् । उनलाई ५४ हजार सात सय ६७ मतको अन्तरले केन्द्रीय मन्त्री स्मृति इरानीले हराइन् ।

२००९ र २०१४ मा पनि स्मृतिले राहुललाई चुनौती दिएकी थिइन् । तर, उनको तेस्रो प्रयास सफल भयो । यसपालि राहुलले चार लाख १२ हजार र स्मृतिले चार लाख ६७ हजार मत पाउन सफल भइन् । निर्वाचनअघि नै हारको अनुमान गरिसकेका राहुलले केरलाको वायनाडबाट भने जितेका छन् । वायनाडमा राहुलले सात लाख पाँच हजार मत प्राप्त गर्दा माकपाका पिपी सुनीरले दुई लाख ७३ हजार मत प्राप्त गरे ।

Womui
Womui