सुतिरहेको समयमा आगो लाग्दा ३ जनाको मृत्यु

53

छिनछिन खबर
बैतडी–जिल्लाको पुर्चौंडीको एक घरमा आगो लाग्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–७ स्थित बसपार्कमा रहेको टहरामा सुतिरहेको समयमा आगलागी हुँदा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणि गिरीले बताए ।


मृत्यु हुनेमा ४५ वर्षीय करे लुहार, उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार छन् । बुधबार राति करिब पौने १० बजेतिर टहरामा आगो लागेको र समयमै जानकारी नहुँदा उद्धार गर्न नसकिएको गिरीले बताए । बेलुकाको खाना खाएर सुतेका बेला चुल्होमा रहेको आगोबाट टहरामा आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। स्थानीय स्तरमा मजदूरीसँगै मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार ७ वर्षदेखि सोही टहरामा बस्दै आएका थिए ।

Womui
Womui