भारतमा पुनः भाजपाको सम्भावना

38

एजेन्सी
नयाँ दिल्ली– भारतमा लोकसभा चुनावको मतपरिणाम आउन सुरू भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनतापार्टी (भाजपा) को गठबन्धनले अग्रता लिएको छ । राजनीतिक विश्लेषकहरूले यसपटकको निर्वाचनमा भाजपा विजयी हुने सम्भावना प्रवल रहेको बताएका छन् ।

निर्वाचनको अन्तिम नतिजा भने शुक्रबारसम्म आइसक्ने बताइएको छ । सुरुवाती मत गणनामा कंग्रेसको गठबन्धनको अग्रता निकै कम छ ।
चुनाव सकिए लगत्तै भारतीय मिडियाहरूले गरेको मत सर्वेक्षणले पनि यसपालि सत्तारूढ भाजपाकै गठबन्धनले जित्ने देखाएका थिए । २०१४ मा बहुमत ल्याएको भारतीय जनता पार्टीको गठबन्धन नेशनल डेमोक्रयाटिक अलाइन्स (एनडिए)ले नै यसपालि पनि बहुमत ल्याउने सम्भावना बढेको ती सर्वेक्षणहरूको दाबी थियो ।

एनडिएमा भाजपासँगै शिव सेना, शिरोमणि अकाली दल, लोक जनशक्ति पार्टीलगायत पार्टी छन् । पाँच वर्षअघि भाजपाले २६७ सिट पाएको थियो भने गठबन्धनले २८२ सिट जितेको थियो । त्यतिबेला कंग्रेस आई ४४ सिटमा खुम्चिएको थियो । कंग्रेसले बनाएको युनाइटेड प्रोग्रेसिभ अलाइन्सले ६९ सिट पाएको थियो ।

Womui
Womui