सीपीएलद्वारा सन्दिप लामिछाने ७० हजार अमेरिकी डलरमा अनुबन्धन

109

छिनछिन खबर
काठमाडौँ । क्रिकेटर सन्दिप लामिछाने ७० हजार अमेरिकी डलरमा (करिब ७८ लाख रुपैयाँ) अनुबन्धन भएका छन् । अआइपीएल सकेर फर्किएलगतै सन्दीपलाई क्यारेबियन प्रिमियर लिग सीपीएलमा छनोट भएका छन् ।

पछिल्लो समय विदेशी लिगमा अति ब्यस्त भएका सन्दीप दोस्रो पटक सीपीएलमा छानिएका हुन् । सन्दीपलाई बार्बाडोस ट्रिडेन्ट्सले पाँचौ चरणमा आफ्नो टिममा लिएको छ । चरणमा छनोट हुने अन्य खेलाडीले ७० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । गत सिजन सन्दीपलाई सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले १३ औँ चरणमा लिएको थियो ।

बार्बाडोसले पहिलो चरणमा इंग्ल्याण्डका एलेक्स हल्स, दोस्रो चरणमा वेष्ट इन्डिजका ज्यासन होल्डर, तेस्रो चरणमा पाकिस्तानका आसिफ अली र चौथो चरणमा पाकिस्तानकै वाहव रियाजलाई लिएको छ ।

Womui
Womui