राष्ट्रिय सभालाई बाइपास गरेको राहदानी विधेयक राष्ट्रपतिद्धारा फिर्ता

250

छिनछिन खबर
काठमाडौं–राष्टिय सभालाई बाइपास गरी तयार पारिएको राहदानी विघेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी छिन् । राहदानी विधेयक पुनर्विचार गर्न राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामै फिर्ता पठाएकी हुन् ।

प्रतिनिधिसभाबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । उक्त विधेयकबारे राष्ट्रिय सभाले भने छलफल गर्ने मौका पाएको थिएन । संघीय गणतान्त्रिक शासन पद्धतिमा राष्ट्रपतिद्वारा विधेयक फिर्ता पठाइएको यो पहिलो घटना हो । विगतमा तत्कालीन राजा वीरेन्द्रले पनि एक पटक नागरिकता विधयक फिर्ता गरेका थिए । संविधानको धारा ११३ (९) मा राष्ट्रपतिलाई लागेका विधेयक पुनर्विचार गर्न सकिने व्यवस्था छ । राष्ट्रपतिलाई लागेमा पेश भएकोे १५ दिनभित्र विधेयक सदनमा फिर्ता पठाउन सक्ने संवैधानिक व्यवस्था अनुसार भण्डारीले उक्त कदम चालेकी हुन् ।

राष्ट्रपतिले फिर्ता गरेको उक्त विधेयकमाथि अब दुवै सदनले पुनर्विचार गर्नुपर्ने हुन्छ । दुवै सदनले पारित गरी पुनः राष्ट्रपतिसमक्ष विधेयक पठाउनुपर्ने संवैधानिक व्यवस्था छ । राहदानी विधेयक प्रतिनिधिसभाले असोज १० गते पारित गरेको थियो र भोलिपल्ट राष्ट्रिय सभामा टेबल गरिएको थियो । तर, राष्ट्रिय सभाको प्रक्रियामै रहेको विधेयक दुई महिनाभित्र फिर्ता नआएको भन्दै सभामुख कृष्णबहादुर महराले वैशाख २५ गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएका थिए ।

Womui
Womui