चरेश ब्यापारीलाई सांसदले सहयोग नगरेपछि…

118

बाँके–घटना शुक्रबार साढे चार बजेतिरको थियो । बाँकेकोे नरैनापुरमा हाटबजार लागेको थियो । हाटबजारमा भारतीय पसले र किनमेल गर्न आउनेको संख्या ठूलै थियो । हाटबजारमा भारतीय नागरिकले पनि पसल थापेका थिए । पसल थाप्न आएका भारतीय नागरिक देवीदिनका साथबाट ५ किलो चरेश फेला प¥यो । प्रहरीले उनलाई नियन्त्रणमा लियो ।

चरेस साथमा राखेका पसलेलाई नियन्त्रणमा लिएको भारतीय नागरिकलाई मन परेन । हाटमा आएका भारतीय पसले, किनमेल गर्न आएका देवीदिन निर्दोष रहेको भन्दै प्रदर्शन शुरु गरे । सानो झुन्डबाट थालिएको प्रदर्शनले उग्ररुप लियो । साँझ ६ बजेतिर प्रदेश सांसद कृष्णा केसी विकास निर्माणको अनुगमन गरेर फर्किने क्रममा नरैनापुरमा आइपुगेका थिए । प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिरहेका भारतीय र नेपालीले उनलाई घेरे । अहिले नै प्रहरी चौकी गएर विश्वकर्मालाई छुटाइदिन दबाब दिए ।

‘के रहेछ भनेर बुझ्न’ उनी प्रहरीचौकी गए । चरेशसहित पक्राउ परेका व्यक्तिलाई सांसदको भनसुनमा छोड्ने कुरै भएन । सांसद केसीले पनि छोडिदेऊ भन्ने कुरै भएन । निर्दोष छ भने प्रहरीले छोडिहाल्छ भनेर सांसद नेपालगञ्ज फर्किन गाडीमा चढे । धेरै भारतीय र केही नेपालीले उनलाई घेरे । विश्वकर्मालाई नछोडेसम्म जान नदिने धम्की दिन थाले । गाडीको हावा फुस्काइदिए । पेट्रोल छर्केर आगो लगाउने सुरसार कसे । पछि प्रहरीले सांसद केसीको टोलीलाई उद्धार ग¥यो ।

Womui
Womui