काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो, नदीमा हराइरहेका यात्रुको खोजी जारी

217

छिनछिन खबर
काठमाडौं– यात्रु लिएर काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको छ । बस त्रिशुली नदीमा खसेपछि तीनको मृत्यु भइसकेको छ भने १८ जनालाई अस्पतालतर्फ लगिएको छ ।

बस आइतबार बिहान धादिडको धोबीघाटमा दुर्घटना भएको हो ।दुर्घनाको पूर्ण विवरण आइसकेको छैन । बस त्रिशूली नदीमा खसेका कारण क्षतिको विवरण पनि आएको छैन । धादिड प्रहरी र नेपाली सेनाले उद्धारकार्य जारी राखेको छ । बस भीरबाट त्रिशुली नदीमा खसेको छ । बसमा करिव ३८ जना यात्रृ भएको अनुमान गरिएको छ । तीन जनाको शव फेला परेको छ भने केही घाइते छन् ।

Womui
Womui